नेपाल धितोपत्र बोर्डले एक वर्षको अवधिमा ५९ अर्ब माथिको सेयर निष्कासनका लागि अनुमति दिएको छ । बोर्डको तथ्यांक अनुसार असार २० गतेसम्मको अवधिमा ५९ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ बरारको आईपीओ, एफपीओ तथा हकप्र सेयर निष्कासनका लागि अनुमति दिएको हो ।
बोर्डले यो अवधिसम्ममा ६४ कम्पनीहरुलाई सेयर निष्कासनका लागि अनुमति दिएको छ । बोर्डका अनुसार गत आर्थिक वर्षमा १४ संस्थाले ३ अर्ब ८३ करोड २२ लाख रुपैयाँ रकम बराबरको साधारण सेयर (आईपीओ) निष्कासनका लागि स्वीकृति दिएको छ । यो अवधिमा बोर्डले १७ कम्पनीका १५ अर्ब ४१ करोड रकम बराबरको हकप्रद सेयरको निष्कासन अनुमति दिएको छ ।
यसैगरी, चार कम्पनीहरुलाई एफपीओ जारी गर्नका लागि अनुमति दिएको छ । ती चार कम्पनीले १० करोड ७३ लाख रुपैयाँ रकम बराबरको एफपीओ निष्कासनका लागि अनुमति पाएका छन् । त्यसैगरी ९ कम्पनीहरूलाई २५ अर्ब ३० करोड रुपैयाँ रकम बराबरको ऋणपत्र निष्कासन अनुमति प्रदान गरिएको बोर्डले जनाएको छ ।
त्यस्तै अन्य २० वटा सामूहिक लगानी योजनालाई १५ अर्ब २० करोड रुपैयाँ बराबरको सामूहिक लगानी योजना निष्कासन अनुमति प्रदान गरिएको छ । आव २०८१÷८२ को असार २० सम्म बोनस सेयर दर्ता तर्फ ८१ वटा संस्थाहरूको २३ अर्ब ९५ करोड १४ लाख रुपैयाँ रकम बराबरको बोनस सेयर दर्ता गरिएको छ ।
त्यस्तै एक वर्षको अवधिमा बोर्डले विशिष्टीकृत लगानी कोष तर्फका ११ वटा योजनालाई ३७ अर्ब रकम बराबरको विशिष्टीकृत लगानी योजना निष्काशनका लागि स्वीकृत प्रदान गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस