Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको एक घण्टा : परिसूचक घट्यो, कारोबार ४ अर्ब माथि हुँदा दुई कम्पनीमा सकारात्मक सर्किट

अर्थ संसार

विहीबार, ०८ साउन २०८२, १२ : ०७ मा प्रकाशित

सेयर बजारको एक घण्टा : परिसूचक घट्यो, कारोबार ४ अर्ब माथि हुँदा दुई कम्पनीमा सकारात्मक सर्किट

बिहीबारको सेयर कारोबार जारी रहँदा नेप्से परिसूचक घटेको छ । आजको एक घण्टाको कारोबार जारी रहँदा नेप्से परिसूचक २.८१ अंकले घटेर २९७६.०६ विन्दुमा पुगेको हो । 

पहिलो एक घण्टाको अवधिमा सेयर बजार परिसूचक घट्दा २ कम्पनीमा भने सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा ट्रेड टावार र सान्भि इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 

आजको पहिलो एक घण्टाको कारोबार अवधिमा ४ अर्ब माथिको कारोबार भएको छ । बिहीबारको पहिलो एक घण्टाको कारोबार अवधिमा सेयर बजारमा ४ अर्ब ८७ करोड ३६ लाख ५ हजार ७९९ रुपैयाँ बराबरको कारोबार भएको छ । यो अवधिमा सेयर बजारमा ९७ लाख ३८ हजार ५६५ कित्ता सेयर खरिद बिक्री भएको छ । 


 

6881d19993a93.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको