Like us!
Follow us!
Connect us!
Watch us!

बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

अर्थ संसार

शुक्रबार, ०९ साउन २०८२, ११ : ०७ मा प्रकाशित

बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

बन्दीपुर केवलकार एंड टुरिजमले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साउन ६ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आज कार्यालय समय भित्र आवेदन दिइसक्नु पर्ने छ । 

कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमा सर्वसाधारणका लागि १० प्रतिशत अर्थात प्रतिकित्ता सय रुपैयाँका दरले ५ करोड २९ लाख ४० हजार रुपैयाँको ५ लाख २९ हजार ४०० कित्ता सेयर श्रम स्वीकृती लिएर रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।

आईपीओ न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा विदेशमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको