Like us!
Follow us!
Connect us!
Watch us!

दश अर्बको ट्रेजरी नवीकरण गर्दै सरकार

अर्थ संसार

सोमबार, १२ साउन २०८२, ११ : ०२ मा प्रकाशित

दश अर्बको ट्रेजरी नवीकरण गर्दै सरकार

सरकारले १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। मंगलबार (भोलि), यसअघि जारी गरिएका २८ दिने र १८२ दिने दुुई प्रकारका ट्रेजरी बिलहरू नवीकरण गर्नेछ।

यस नवीकरणमार्फत सरकारले कुल १० अर्ब रुपैयाँको आन्तरिक ऋण संकलन गर्ने योजना बनाएको छ। यस सम्बन्धमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार सूचना जारी गर्दै इच्छुक पक्षहरूलाई आवेदन दिन आह्वान गरेको हो।

नवीकरण प्रक्रिया भोलि (मंगलबार) सम्पन्न हुनेछ। यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको