Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारलाई 'जुवाघर' भन्नु अन्याय होइन - फ्रेट अध्यक्ष संग्रौला

अर्थ संसार

सोमबार, १२ साउन २०८२, १२ : ३४ मा प्रकाशित

नेपाल फ्रेट फरवार्डर्स एशोसिएनका अध्यक्ष राजेन्द्र संग्रौलाले सेयर बजारको लगानी क्षणिक भएको बताएका छन् ।

अर्थसंसारको अर्थ बहस कार्यक्रममा कुरा गर्दै अध्यक्ष संग्रौलाले सेयर बजारको लगानी दिगो नभएको भन्दै यसले मात्रै समग्र अर्थतन्त्र सुधार गर्न नसक्ने बताएका हुन् । 

बजेट र मौद्रिक नीति पछि सेयर बजारमा केही मात्रामा उत्साह देखिए पनि त्यो क्षणिक मात्रै भएको उनको भनाइ छ । ‘एकै पटक उच्च रुपमा बढ्ने र एकै पटक उच्च रुपमा घटेर तल्लो विन्दुमा पुग्ने स्वभाव रहेको सेयर बजारको लगानी दिगो हुन सक्दैन्,’ उनले भने । उनले फ्रेट क्षेत्र अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको भए पनि मौद्रिक नीतिमा कुनै पनि विषय समावेश हुन सकेको छैन । ‘हाइड्रोपावर होस या अन्य उद्योगको लागि फ्रेट क्षेत्र महत्वपूर्ण हो । हामीहरुले नै यहाँ आवश्यक पर्ने वस्तु आयात गर्छौं भने निर्यातका लागि पनि हामीहरुले नै काम गर्ने हो,’ उनले भने । 

अहिले भने सरकारले यो क्षेत्रका लागि आवश्यक कानुन निर्माणका लागि काम गरिरहेको भन्दै यसले सकारात्म प्रभाव पार्ने विश्वास रहेको उनले बताए । नेपालको भौतिक पूर्वाधारको विकासका कारण भारतमा भन्दा लजिस्टिकको मूल्य दोब्बर रहेको उनको भनाइ छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको