सान्भी इनर्जीको सेयर मूल्यमा आज पनि सकरात्मक सर्किट लागेको छ । दोस्रो बजारमा कारोबार खुलेदेखिनै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको हो ।
आज यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा ७६ रुपैयाँ ९० पैसाले बढेर ८४५ रुपैयाँ ९० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यो कम्पनी दोस्रो बजारमा कारोबारमा आएको ९ दिन भयो । ९ दिनमा भने यो कम्पनीको सेयर मूल्यमा १३५.६२ प्रतिशतले वृद्धि भएको छ ।
साउन ४ गतेदेखि सेयर बजारमा कारोबार हुन थालेको यो कम्पनीको सेयर मूल्य ओपनिङमा ३५९ रुपैयाँ मूल्यमा कारोबार भएको थियो । आज (बुधबार) को कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ८४५ रुपैयाँ ९० पैसा पुगेको छ । यो साउन ४ गतेको भन्दा ४८६ रुपैयाँ ९० पैसाले धेरै हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस