Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिरो, एक दिन पनि टिक्न सकेन ३ हजार विन्दु माथि, कारोबार रकम पनि घट्यो

अर्थ संसार

बुधबार, १४ साउन २०८२, १५ : १६ मा प्रकाशित

सेयर बजारमा पहिरो, एक दिन पनि टिक्न सकेन ३ हजार विन्दु माथि, कारोबार रकम पनि घट्यो

आज सेयर बजार उच्च अंकले घटेर बन्द भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन सेयर बजार परिसूचक ५३.८७ अंकले घटेर २९४९.१९ विन्दुमा पुगेको हो । 

सेयर बजार अघिल्लो दिन ३ हजार विन्दु भन्दा माथि पुगेको थियो । तर उक्त विन्दुमा बजार एक दिन पनि टिक्न सकेन । आज बजार अघिल्लो दिनको भन्दा १.७६ प्रतिशतले घटेको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ११.२४ अंकले घटेर ५०७.३५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्यमा गिरावट आएको छ भने २ वटाको मूल्य मात्रै बढेको छ । 

आज सेयर बजारमा २२६ कम्पनीको सेयर मूल्य घटेको छ भने २३ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन साढे १८ अर्ब माथिको कारोबार भएको बजारमा आज १६ अर्ब माथिको कारोबार भएको छ । 

आज सेयर बजारमा ३२७ कम्पनीका ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर १ लाख ४१ हजार ५२० पटक खरिद बिक्री हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

नोट : १५ मिनेट पछिको औषत गणना पछि अंक तलमाथि हुन सक्नेछ । 

 

6889e826828a5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको