बुधबार सेयर बजार उच्च अंकले बघेर कारोबार बन्द भयो । परिसूचक उच्च अंकले घटे पनि आज दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आज सान्भी इनर्जी र ट्रेड टावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो । आज सान्भी इन्र्जीको सेयर मूल्य १० प्रतिशत अथात् ७६ रुपैयाँ ९० पैसाले घटेर ८४५ रुपैयाँ ९० पैसा पुगेको छ । यो कम्पनीको सेयर मूल्य दोस्रो बजारमा साउन ४ गतेदेखि मात्रै कारोबार सुरु भएको हो ।
त्यस्तै आज ट्रेड टावरको सेयर मूल्य पनि प्रतिकित्ता ८६ रुपैयाँ २० पैसाले बढेर ९४८ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो कम्पनीले आईपीओ जारी गरेर साउन १ गतेदेखि मात्रै दोस्रो बजारमा कारोबार सुरु गरेको थियो ।
यसरी सान्भीको सेयर मूल्य कारोबार भएको ९ र ट्रेड टावरको सेयर कारोबार सुरु भएको १० दिन मात्रै भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस