भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर–५ मैत्रीपथमा रहेको उक्त सहकारीका शेयर सदस्य तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ हिनामिना गरेको अभियोगमा प्रहरीले अध्यक्ष केसीलाई पक्राउ गरेको हो ।
बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका दोलखा जिल्लाको मेलुङ गाउँपालिका–६ स्थायी ठेगाना भएका ३४ वर्षीय के.सी. यसअघि बैशाख २० गतेदेखि फरार थिए। प्रहरीका अनुसार उनलाई बुधबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३, गठ्ठाघर क्षेत्रबाट पक्राउ गरिएको हो।
पक्राउ परेका केसीलाई भैरहवा ल्याएर जिल्ला अदालत रुपन्देहीमा पेश गरीएको प्रहरीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस