सिटि होटलले हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि बुक क्लोज मिति घोषणा गरेको छ । सिटि होटल लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि साउन २७ गते एक दिन बुक क्लोज गर्ने भएको हो ।
बुक क्लोजको आधारमा साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस होटलको सेयर किन्नेले मात्रै हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । होटलले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर १ः०.८० कित्ताका दरले निष्कासन गर्न अनुमति पाएको हो ।
अर्थात् साउन २६ गतेसम्म सिटि होटलको १० कित्ता साधारण सेयर किन्ने सेयरधनीले ८ कित्ता र १०० कित्ता सेयर किन्नेले ८० कित्ता हकप्रद सेयरका दरले आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस