Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको ऋणपत्र बाँडफाँड

अर्थ संसार

शुक्रबार, १६ साउन २०८२, १० : ४७ मा प्रकाशित

नबिल बैंकको ऋणपत्र बाँडफाँड

नबिल बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले साउन ६ देखि १० गतेसम्म निष्कासन गरेको ऋणपत्र ‘७% नबिल डिबेन्चर २०८९’ बाँडफाँड गरेको हो । 

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट, ६० हजार कित्ता सामूहिक लगानी कोषलाई र ११ लाख ४० हजार कित्ता सर्वसाधारणमा बिक्री खुलाएको थियो ।

बिक्री अवधिभर परेका आवेदनहरू केलाएर रितपूर्वक आवेदन दिएकालाई साउन १५ गते ऋणपत्र बाँडफाँड गरेको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको