Like us!
Follow us!
Connect us!
Watch us!

८१ अर्ब भन्दा बढीको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

अर्थ संसार

शुक्रबार, ०८ मंसिर २०८०, १२ : १४ मा प्रकाशित

८१ अर्ब भन्दा बढीको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नेपाल सरकारको ८१ अर्ब २५ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत गरिएको छ ।

६ वर्षे अवधी भएका २०८६ "ज", २०८६ "झ", २०८६ "ट", २०८६ "ञ" र २०८६ "ठ" ऋणपत्र, ५ वर्षे अवधी भएको २०८५ "ञ" तथा ८ वर्षे अवधी भएको २०८८ "ग", २०८८ "ङ" र २०८८ "घ" ऋणपत्र सूचीकृत गरिएका हुन् । सबै ऋणपत्रको ब्याजदर ७ प्रतिशत तोकिएको छ ।

२०८० सालमै निष्कासित उक्त ऋणपत्रहरु २०८५ देखि २०८८ सम्म परिपक्व हुनेछन् । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्ष अवधिसम्मका रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको