Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय स्वतन्त्र पार्टीकाे वाचा पत्र : अर्थतन्त्रलाई टेवा दिन पालिका बन्ड र डेरिभेटिभ मार्केट निर्माण

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, १३ : १३ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीकाे वाचा पत्र : अर्थतन्त्रलाई टेवा दिन पालिका बन्ड र डेरिभेटिभ मार्केट निर्माण

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार चुनावी ‘वाचापत्र’ सार्वजनिक गरेको छ । पार्टीले वित्तीय क्षेत्रमा आधुनिक साधनहरुको प्रयोग गर्दै बीमा मार्फत प्राप्त हुने सुरक्षाको उपयोगिता सहज बनाउने प्रतिवद्धता गरेकाे छ ।

"बैंकिङ अनि बिमाको सुदृढ संयन्त्र, स्थिर अनि सबल अर्थतन्त्र" भन्ने नारा समेटिएकाे वाचापत्रमा नेपाली जनतालाई विकास परियोजनाहरुमा सहभागी गराउन र आर्थिक टेवा दिन पालिका बन्ड, डेरिभेटिभ मार्केट जस्ता नवीन वितीय संयन्त्रहरू निर्माण गरिने उल्लेख गरिएकाे छ ।

त्यस्तै, बीमा उद्योगलाई आधुनिकरण गर्न बीमा एकेडेमी बनाइने पार्टीकाे वाचा छ । बीमामा ठगी गर्ने बिमक र बिमितलाई कडा कानुन बनाएर कारबाही गर्ने व्यवस्था गरिने बताइएकाे छ ।

यसका साथै, बैंकिङ कारोबारका गतिविधि, कारोबारमा प्रयोग हुने भौतिक तथा डिजिटल साधन (एप तथा वेव) हरुको डाटा सुरक्षित गर्न कडा र स्पष्ट डिजिटल सेक्युरिटी प्रावधान सहितको कानुन बनाइने पनि पार्टीले वाचा गरेकाे छ ।

 

63637096c9ec1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको