Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्री आम्दानी बढेसँगै सिंगटी हाइड्रो नाफा धनात्मक, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, १९ साउन २०८२, १० : ५५ मा प्रकाशित

विद्युत बिक्री आम्दानी बढेसँगै सिंगटी हाइड्रो नाफा धनात्मक, प्रतिसेयर आम्दानी कति ?

सिंगटी हाइड्रो इनर्जी लिमिटेको नाफा धनात्मक बनेको छ । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा ऋणात्मक रहेको कम्पनीको नाफा गत आर्थिक वर्षको अन्तिममा भने धनात्मक बनेको हो । 

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १४ करोड ९९ लाख रुपैयाँले धनात्मक अवस्थामा पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा थियो ।

विद्युत बिक्री आम्दानी उल्लेख्य बढेसँगै कम्पनी नोक्सानीबाट नाफामा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७२७.९१ प्रतिशत बढेर ६७ करोड ७१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको सञ्चालन आम्दानी समीक्षा अवधिमा ७६०.६५ प्रतिशत बढेको छ भने अन्य आम्दानी ९२०.४६ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च समीषा अवधिमा २५६.७८ प्रतिशत बढेको छ ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा र मूल्य आम्दानी अनुपात ५५.७५ गुणा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको