Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस्, एक प्राविधिक विश्लेषण

शुक्रबार, १९ माघ २०७४, ०९ : १९ मा प्रकाशित

एनसीसी बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस्, एक प्राविधिक विश्लेषण

अर्थ संसार, काठमाडौं–नेपाल क्रेटिड एण्ड कर्मश(एनसीसी) बैंक लिमिटेडले चालू आवको दोस्रो त्रैमासमा रू. ३५ करोड ४५ लाख नाफा कमाएको छ ।

यो अघिल्लो आवको तुलनामा ३ सय ५६ प्रतिशतले बढी हो । बैंकले रू. ३४ करोड ६९ लाख खराब कर्जा उठाउन सफल भएकाले नाफा बढेको देखिन्छ । सोही अवधिमा बैंकको चुक्तापूँजी रू. ४ अर्ब ६७ करोड रहेको छ ।

रिजर्भ कोषमा रू. २ अर्ब ९१ करोड छुट्याएको बैंकले पूँजी वृद्धिका लागि २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्नको लागि सेबोनमा मङ्सिर २० गते निवेदन दिएको छ ।

स्वीकृति पाएसँगै बैंकले २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद सेयर जारी गर्नेछ । सो हकप्रद सेयर निष्कासन बाँडफाँटपछि बैंकको चुक्तापूँजी रू. ७ अर्ब १ करोड ८५ लाख पुग्नेछ ।

हकप्रद सेयर जारी गरेपछि पनि राष्ट्र बैङ्कले तोकेको पूँजी अझै नपुग्ने देखिन्छ । बैंकले केही संस्थापकहरुको नाममा रहेको ७० लाख कित्ता शेयर माघ १८ गतेदेखि बोलकबोल गरेर विक्री गर्न लागेको छ ।

वर्गिकरणः वाणिज्य बैंक
पछिल्लो व्यापार मूल्यः रू. ३२५
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. ६५२
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. २९०
१८० दिनको भारित औसत मूल्यः रू. ३५३.०८

कम्पनीका महत्वपूर्ण अनुपात

व्यवस्थापन समूहः
अध्यक्षः उपेन्द्र केशरी न्यौपाने
प्रमुख कार्यकारी अधिकृतः रमेश राज अर्याल
प्रधान कार्यालयः सिद्धार्थनगर, काठमाडौं
शाखाः ७७
वेबसाइटः www.nccbank.com.np
स्टक सङ्केतः एनसीसीबी

बैङ्कको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

महत्वपूर्ण अनुपात

लाभांश विवरण

आधारभूत विश्लेषण
बैङ्कको दास्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः

  • चुक्तापूँजीको तुलनामा खुद नाफा १ दशमलव ६६ प्रतिशतबाट बढेर ७ दशमलव ५८ प्रतिशत पुगेको छ । हाल बैंकको लगानी रू. १० अर्ब १६ करोड रहेको छ । बैंकले वैदेशिक मुद्रा विनिमयबाट रू. ८३ करोड ७८ लाख आम्दानी गरेको छ ।

  • बैंकले दास्रो त्रैमाससम्ममा रू. ५८ अर्ब ९१ करोड निक्षेप सङ्कलन गरी रू. ५१ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ ।

  • खुद ब्याज आम्दानी रू. ५८ करोड ७४ लाख रहेको छ । यो अघिल्लो आवको तुलनामा ४३ प्रतिशतले कम हो । बैंकको ब्याज खर्च बढेकाले खुद ब्याज आम्दानी घटेको छ ।

  • बैंकको स्थिर सम्पत्ति रू. ६८ करोड ४९ लाख ४७ हजार र अन्य सम्पत्ति रू. २ अर्ब २२ करोड ३१ लाख १२ हजार रहेको छ ।

  • सम्भावित जोखिम व्यवस्थाको लागि रू. १४ करोड २२ लाख छुट्याएको छ भने निष्क्रिय कर्जा ४ दशमलव शून्य ४ प्रतिशत रहेको छ । पूँजीकोष लागत ८ दशमलव १९ प्रतिशत र पूँजीकोष पर्याप्तता ११ दशमलव २४ प्रतिशत रहेको छ ।

  • बैंकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी वार्षिक १० रूपैयाँ २४ पैसा, मूल्य आम्दानी अनुपात (वार्षिक) ३२ दशमलव ३२, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५ सय १९ रूपैयाँ १९ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ६२ रूपैयाँ २९ पैसा रहेको छ । बिहीवारको सेयर मूल्य नेटवर्थको २ गुणा छ ।

प्राविधिक विश्लेषण 
खरीद चापः बैंकको विहीवार भएको सेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप २ गुणा बढी रहेको छ । सो अवधिसम्म २४ हजार ३ सय ५९ कित्ता सेयर खरीद र ११ हजार २ सय ९७ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।

बिहीवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती विश्लेषण

२ नोभेम्बर २०१७                                                                                                                                 १ फेब्रुअरी २०१७

स्ट्याण्डर्ड डेभिएशन

२ नोभेम्बर २०१७                                                                                                                               १ फेब्रुअरी २०१७

आरएसआई

२ नोभेम्बर २०१७                                                                                                                               १ फेब्रुअरी २०१७

मुभिङ एभरेज

२ नोभेम्बर २०१७                                                                                                                               १ फेब्रुअरी २०१७

  • मैनबत्ती विश्लेषणः बैंककोे ५९ दिनको कारोबारको अन्तिम दुई दिनको आकृतीलाई हेर्दा टेवा पाउन खोजेको देखिन्छ । यस्तो अवस्थामा सेयर मूल्य बढ्ने देखिन्छ ।

  • आरएसआईः बैंकको ५९ दिनको कारोबारमा आरएसआई न्युट्रल जोन (३९ दशमलव ९३ बिन्दुमा) छ । यसले सेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसनः कम्पनीको ५९ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन ( दशमलव ८) विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।

  • मुभिङ एभरेजः बैंकको ५९ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । यदि हालको मूल्य रू. ३ सय २५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय ३५ मा प्रतिरोध पाउन सक्छ भने मूल्य सस्तिएमा रू. ३ सय १७ मा टेवा पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको