Like us!
Follow us!
Connect us!
Watch us!

देउवा–ओलीलाई गगनको सुझाव - ड्राइभिङ सिटमा दुई जना हुनुहुन्छ, गाडी दुर्घटनामा नपरोस्

अर्थ संसार

विहीबार, ०५ भदौ २०८२, १४ : ५१ मा प्रकाशित

देउवा–ओलीलाई गगनको सुझाव - ड्राइभिङ सिटमा दुई जना हुनुहुन्छ, गाडी दुर्घटनामा नपरोस्

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार सञ्चालन गरिरहेका शीर्ष नेताहरूलाई 'दुर्घटनाबाट जोगिन' सुझाव दिएका छन्। बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा एउटै गाडीमा सवार भएकोले गाडी ठिक गतिमा चलाउन आग्रह गरे । 

‘हामी एउटै गाडीमा सवार छौं, तर ड्राइभिङ सिटमा दुई जना नेताहरू हुनुहुन्छ । अहिलेको र हुनेवाला प्रधानमन्त्रीले यो गाडी  चलाइरहनुभएको छ । यो गाडी ठिक गतीमा जाओस् । अलमल नहोस्, ढलमल नहोस् । दुर्घटना नहोस्,’ उनले भने ।

साथै, उनले बाहिरबाट ढुंगा हानेको र हिलो छ्यापेको भन्दै त्यसलाई आफूहरूले रोक्ने तर स्टेरिङ समाएका नेताहरूले ठिक काम गर्नपर्ने बताए ।

‘बाहिरबाट ढुंगा हानेका छन्, हिलो छ्यापेका छन् । त्यसलाई हामी रोक्छौं । तर, स्टेरिङ चलाउने त ठिक ढंगले चलाउनुपर्‍यो । कहिलेकाहीँ घ्याच्च रोकिदिएको छ, कहिले भिरतिर उक्लिएको छ । म सँग गाडीको स्टेरिङ छ भनेर जता पनि हिँडिदिएको छ,’

उनले बाह्य आलोचनाका बाबजुद सत्ता गठबन्धनभित्रका नेताहरूले आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए। महामन्त्री थापाले प्रधानमन्त्री ओलीको हालैको 'यो युवाको समय हो' भन्ने अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाए। उनले एमालेमा युवाको उपस्थिति नरहेको टिप्पणी गर्दै कांग्रेसमा भने नेतृत्वको लागि युवा तयार रहेको दाबी गरे। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको