Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तमा झुम्मिए लगानीकर्ता - एक वर्षमै १ खर्ब ३१ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार

अर्थ संसार

बुधबार, २१ साउन २०८२, ११ : २६ मा प्रकाशित

लघुवित्तमा झुम्मिए लगानीकर्ता - एक वर्षमै १ खर्ब ३१ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरूको सेयर कारोबार गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय रूपमा वृद्धि हुँदै एक खर्बभन्दा बढी पुगेको छ।

नेप्सेको तथ्यांक अनुसार, गत वर्ष १९ वटा लघुवित्त संस्थाहरूले कुल ११ करोड १८ लाख ८५ हजार कित्ता सेयर किनबेच गरेका छन्। कुल १४ लाख ६४ हजार ९५ पटक सेयर कारोबार हुँदा कुल कारोबार रकम १ खर्ब ३१ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।

यो तथ्यांकले लघुवित्त क्षेत्रमा लगानीकर्ताको चासो तीव्र रूपमा बढिरहेको देखाउँछ। लगानीकर्ताको रुचि परिवर्तन, संस्थाहरूको पारदर्शिता, लाभांश दिने क्षमता र सूचीकृत लघुवित्त संस्थाहरूको संख्या वृद्धि तथा नयाँ आईपीओका कारण पनि कारोबार वृद्धि भएको हो। निष्क्रिय सेयरधनीहरू पनि सक्रिय हुँदै गएको तथ्यांकले देखाउँछ।

सेयर कारोबार रकमका आधारमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त अग्रस्थानमा छ जसको कारोबार ८ अर्ब २१ करोड ७७ लाख रुपैयाँ छ। त्यसपछि छिमेक लघुवित्तको ५ अर्ब ५६ करोड ३४ लाख, साना किसान विकास लघुवित्तको ४ अर्ब ९२ करोड ९८ लाख, स्वरोजगार लघुवित्तको ४ अर्ब ७५ करोड ९६ लाख र स्वावलम्बन लघुवित्तको ३ अर्ब ८८ करोड ६३ लाख रुपैयाँ बराबर कारोबार भएको छ।

त्यस्तै, नेरुडे मिर्मिरे, मेरो माइक्रोफाइनान्स, डिप्रोक्स, गुराँस, सामुदायिक, आरएसडीसी, मिथिला, मनुषी, हिमालयन लगायतका अन्य लघुवित्त संस्थाहरूले पनि करोडौं रुपैयाँको कारोबार गरेका छन्। सबैभन्दा कम कारोबार समाज लघुवित्तको भएको छ, जसको कारोबार मात्र ९ करोड ३२ लाख रुपैयाँ छ। यसरी लघुवित्त क्षेत्रले वित्तीय बजारमा आफ्नो प्रभाव विस्तार गर्दै लगानीकर्ता र बजार दुवैको ध्यानाकर्षण गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको