Like us!
Follow us!
Connect us!
Watch us!

बुङ्गल हाइड्रो लिमिटेडको आयोजना प्रभावित स्थानीयका लागि आईपीओ आवेदन आज अन्तिम दिन

अर्थ संसार

सोमबार, २६ साउन २०८२, ०८ : ०६ मा प्रकाशित

बुङ्गल हाइड्रो लिमिटेडको आयोजना प्रभावित स्थानीयका लागि आईपीओ आवेदन आज अन्तिम दिन

बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (साउन २६ गते, सोमबार) अन्तिम दिन रहेको छ। कम्पनीले असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बझाङ जिल्लाका स्थानीयलाई आईपीओ बिक्री सुरु गरेको थियो।

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र अर्थात् बझाङ्ग जिल्ला, बुंगल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गाउँपालिका वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गाउँपालिका वडा नं. १) साथै सामान्य प्रभावित क्षेत्र अर्थात् बुंगल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, र ११ का स्थानीयलाई लक्षित गर्दै कुल ८ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको छ।

आयोजना प्रभावित स्थानीयहरूले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बुङ्गल हाइड्रो लिमिटेडले बझाङमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० भदौ २ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको