Like us!
Follow us!
Connect us!
Watch us!

बिन्ध्यवासिनी हाइड्रोको नाफा २२ प्रतिशतले बढ्यो, इपीएस कति ?

अर्थ संसार

सोमबार, २६ साउन २०८२, १२ : ४४ मा प्रकाशित

बिन्ध्यवासिनी हाइड्रोको नाफा २२ प्रतिशतले बढ्यो, इपीएस कति ?

गत आर्थिक वर्षमा बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडले नाफामा उल्लेख्य सुधार भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथौ त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा २२.१२ प्रतिशतले नाफा बढेको हो । 

गत आर्थिक वर्षको अन्तिसम्ममा कम्पनीले ६ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीको यस्ता नाफा ४ करोड ९४ लाख रुपैयाँ रहेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । कम्पनीले विद्युत बिक्रीबाट ३८ करोड ८३ लाख आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट ३६ करोड ५३ लाख कमाएको थियो । कम्पनीले यो अवधिमा १ करोड ७९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

कम्पनीको प्रशासनिक खर्च ५ करोड ७९ लाख र मर्मत तथा सम्भार खर्च भने २ करोड १९ लाख रहेको छ । यस्तै कम्पनीको वित्त खर्च १३ करोड ३७ लाख रहेको छ । अघिल्लो आवमा भने वित्त खर्च १४ करोड १७ लाख रहेको थियो । १ अर्ब १२ करोड रुपैयाँ चुक्तापुँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १० करोड ८ लाख र कुल चालु दायित्व ८ करोड ५९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५.३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.३७ रुपैयाँ र तरलता अनुपात १.१७ गुणा कायम भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको