मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृ वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरण अनुसार बैंकको नाफामा गिरावट आएको छ भने खराब खर्जा घटाउन सफल भएको छ ।
वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्ममा १३ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १०.०३ प्रतिशतले कम हो । त्यस्तै यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.३२ प्रतिशतले घट्दै २० करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २५ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा खराब कर्जा उल्लेख्य घटाएको छ । बैंकको अघिल्लो आर्थिक वर्ष ०.८१ प्रतिशत रहेको खराब कर्जा अनुपात घटाएर ०.२८ प्रतिशतमा सीमित राख्न सफल देखिएको छ । धेरै जसो बैंक खराब कर्जाको मारमा रहेका बेला यो बैंकले त्यसमा सुधार गरेर विकास बैंकहरुमा आफूलाई अब्बल साबित गरेको छ ।
बैंकको खुद शुल्क तथा कमिसन आम्दानी पनि बढेको छ । खुद शुल्क तथा कमिसन आम्दानी १ करोड ५० लाख रुपैयाँबाट बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको खुद सञ्चालन आम्दानी ३५ करोड ३१ लाख रुपैयाँबाट घटेर ३१ करोड २२ लाख रुपैयाँमा झरेको छ । १ अर्ब २१ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको रिटेन्ड अर्निङ १५ करोड ६१ लाख छ । यसैगरी रिजर्भको आकार ३४ करोड ४२ लाख रुपैयाँ छ । बैंकको वितरणयोग्य मुनाफा १५ करोड ६१ लाख रुपैयाँ रहेको छ । जस अनुसार बैंकको लाभांश क्षमता १२.८३ प्रतिशत छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १०.७१ प्रतिशत छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १४१.११ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६४.२३ गुणा र तरलता अनुपात ३५.८६ प्रतिशत कायम भएको विवरणमा उल्लेख छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस