साताको सेयर कारोबार हुने तेस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.५३ अंकले बढेर २८२४ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.८४ अंकले बढेर ४८६.२६ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा २९ कम्पनीको सेयर मूल्य घटेको छ भने २३ कम्पनीको सेयर मूल्य बढेको छ । आजको प्रि ओपन सेसनमा ५४ कम्पनीका १५ हजार ३२५ कित्ता सेयर १२० पटक खरिद बिक्री हुँदा ८३ लाख ७५ हजार ४६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस