चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार भएको छ । कम्पनीले गत आर्थिक वर्षको अन्तिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा सामान्य बढेको हो ।
वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानी सामान्य बढेसँगै कम्पनीको खुद नाफा ०.१६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षमा यो कम्पनीले ६७ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६७ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८१ प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले १ अर्ब ११ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा १.४४ प्रतिशत र सञ्चालन मुनाफा ३.६१ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी १६.७० प्रतिशत घटेको छ । नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७६ पैसा घटेर ७ रुपैयाँ ७४ पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६०.७ गुणा रहेको छ । ८ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस