एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कम्पनीको नाफामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा १० गुणाले नाफा वृद्धि भएको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८९.०४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको वित्तीय आम्दानी, लाभांश आम्दानी घट्दा पनि लगानी बिक्रीबाट उल्लेख्य नाफा भएका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी ४३.४८ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १८.६५ प्रतिशत घटेको छ। सो अवधिसम्ममा कम्पनीले लगानी बिक्रीबाट ९० करोड ९ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ। जसका कारण कम्पनीको कुल आम्दानी ९०० प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च १ करोड १२ लाख रुपैयाँबाट बढेर ११ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४६ रुपैयाँ ६९ पैसा बढेर ५२ रुपैयाँ २३ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २५० रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.६४ गुणा रहेको छ । १ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ७२ करोड २० लाख रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस