Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफको नाफा सामान्य बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

विहीबार, २९ साउन २०८२, १२ : २४ मा प्रकाशित

सूर्यज्योति लाइफको नाफा सामान्य बढ्यो, प्रतिसेयर आम्दानी कति ?

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा १.४५ प्रतिशतले नाफा बढेको हो । 

कम्पनीले गत आर्थिक वर्षमा ३५ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३४ करोड ५२ लाख रुपैयाँ रहेको थियो । त्यसैगरी कम्पनीले गत आवमा ११ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको भन्दा २२.८३ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष कम्पनीले ९ अर्ब १० करोड बीमा शुल्क संकलन गरेको थियो । 

कम्पनीको कुल आम्दानी १२ अर्ब ६६ करोड रुपैयाँबाट बढेर १५ अर्ब १३ करोड रुपैयाँ पुग्दा कुल खर्च पनि १२ अर्ब ७ करोड रुपैयाँबाट बढेर १४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले आफ्ना अभिकर्तामा ८७ करोड ३ लाख रुपैयाँ खर्चिएकोमा गत वर्ष १७.५२ प्रतिशतको वृद्धि सहित १ अर्ब २ करोड २८ लाख रुपैयाँ खर्चिएको वित्तीय विवरणले देखाएको छ ।

गत वर्ष कम्पनीको जीवन बीमा कोषको आकार २५.५० प्रतिशतले बढेर ४२ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ३३ अर्ब ७१ करोड रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी पनि १० पैसाले बढेर ६.९९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२६.८५ रुपैयाँ रहेको छ । चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहको कम्पनीको महाविपत्ति कोषमा ३९ करोड ४६ लाख रुपैयाँ र जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको