नेप्सेको अन्तिम १५ मिनेटमा कायम मूल्यको आधारमा औसत निकाल्ने अभ्यास आवश्यक रहेनरहेको विषयमा धितोपत्र बोर्डले अध्ययन गर्ने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबारको अन्तिम १५ मिनेटमा लागू गरिएको भारित औसत मूल्य निकाल्ने अभ्यासबारे धितोपत्र बोर्डले औपचारिक अध्ययन गर्न समिति गठठन गरेको छ । अध्ययनका लागी बोर्डका उपनिर्देशक रितेश ताम्राकारको नेतृत्वमा चार सदस्य समिति बनाइएको धितोपत्र बोर्डका सहप्रवक्ता तोलाकान्त न्यौपानेले जानकारी दिएका छन् ।
२०८० सालको चैत ७ गतेदेखि लागू गरिएको यो विधिले बजारको वास्तविक अवस्था प्रतिनिधित्व गर्न नसकेको भन्दै धेरै लगानीकर्ताले असन्तुष्टि जनाउँदै आएका छन्। लगानीकर्ताबाट उठेको आलोचना र सुझावलाई ध्यानमा राख्दै बोर्डले अध्ययन समिति गठन गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस