बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नबिल ब्यालेन्स्ड फण्ड–३ को १३ प्रतिशत नगद लाभांश (करसहित) का आधारमा मूल्य समायोजन गरिएको छ। सोही दिनको क्लोजिङ मूल्यलाई आधार मान्दै फण्डको समायोजित मूल्य १०.६१ रुपैयाँ कायम गरिएको हो।
समायोजन पश्चात फण्डको इकाई मूल्य ९.३१ रुपैयाँ कायम भएको छ ।
नबिल ब्यालेन्स्ड फण्ड-२ को पनि १३ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको छ । समायोजन पश्चात यसको इकाई मूल्य ९.५१ रुपैयाँ कायम भएको छ ।
बिहीबारको क्लोजिङ प्राइसलाई आधार मानेर भाउ समायिजन गरिएको हो । सोही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा फण्डको सेयर कारोबार खुल्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस