नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १ लाखबढी कित्ता सेयरको लक इन अवधि आजदेखि सकिदै छ । कम्पनीले सामुहिक लगानी कोषका लागि छुट्याएको १ लाख १२ हजार ५०० कित्ता सेयरको लकइन अवधि आज सकिने भएको हो ।
कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये सामुहिक लगानी कोषका लागि ५ प्रतिशत सेयर छुट्याएको थियो । सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको सेयर बाँडफाँड गरिएको मितिले ६ महिनासम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ । कम्पनीले २०८१ फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ २०८१ को फागुन २३ गते बाँडफाँड भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस