Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरूले घटाए कृषि कर्जा - गत आवमा साढे ७ अर्ब कम प्रवाह,उत्पादनमा कस्तो असर ?

अर्थ संसार

आइतबार, २२ भदौ २०८२, १० : ०२ मा प्रकाशित

बैंकहरूले घटाए कृषि कर्जा - गत आवमा साढे ७ अर्ब कम प्रवाह,उत्पादनमा कस्तो असर ?

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रको कर्जा घटाएका छन् । सरकारले कृषि क्षेत्रमा अनुदा र सहुलियत कर्जा दिने नीति लिए पनि बैंकहरुबाट प्रवाह हुने कृषि कर्जा भने घटाएका हुन् । 
गत आर्थिक वर्षको अन्तिसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो आर्थिक वर्ष भन्दा साढे ७ अर्ब रुपैयाँ कम कर्जा प्रवाह गरेका हुन् ।

केन्द्रीय बैंकले बैंक तथा वित्तय संस्थाहरुले प्रवाह गर्ने कुल कर्जा क्षेत्रगतरुपमा कृषि, मत्स्यपालन, खानी, निर्माण, विद्युत्, यातायातसहितका १५ वटा क्षेत्रमा विभाजन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरुले ती १५ वटा क्षेत्रमा ५५ खर्ब ८१ अर्ब २० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जामध्ये क्षेत्रगतरुपमा कृषि तथा वनजंगलसँग सम्बन्धित क्षेत्रमा मात्र बैंक तथा फाइनान्स कम्पनीहरुले ३  खर्ब ५६ अर्ब ३७ करोड रुपैयाँ प्रवाह गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७ अर्ब ५१ करोड ७० लाख रुपैयाँले कम हो । अघिल्लो आवमा बैंक तथा फाइनान्स कम्पनीहरुले ६४ खर्ब ९५ अर्ब ५८ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ६१ अर्ब १७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा कृषि र वनजंगलसँग सम्बन्धित क्षेत्रमा मात्र कुल ३ खर्ब ६३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकका अनुसार आव २०८१/८२ वाणिज्य बैंकहरुले मात्र कुल ६५ खर्ब ४१ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ५० अर्ब ४० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा कृषिसँग सम्बन्धित क्षेत्रमा मात्र कुल ३ खर्ब १८ अर्ब ६५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा ५ अर्ब २९ करोड १० लाख रुपैयाँले कम हो । अघिल्लो आवमा वाणिज्य बैंकहरुले कुल ५७ खर्ब ५६ अर्ब ८० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ खर्ब ६० अर्ब ५८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा कृषिसँग सम्बन्धित क्षेत्रमा मात्र कुल ३ खर्ब २३ अर्ब ९४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । विकास बैंकहरुले भने गत आवमा कुल छ खर्ब ३० अर्ब ४३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब २६ अर्ब ६१ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा कृषि क्षेत्रमा मात्र कुल ३० अर्ब ५५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा २ अर्ब ६६ करोड ७० लाख रुपैयाँले कम हो । अघिल्लो आवमा विकास बैंकहरुले कुल छ खर्ब १० अर्ब १७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब १ अर्ब ४३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा कृषिजन्य क्षेत्रमा मात्र कुल ३३ अर्ब २२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरुले भने गत आवमा १ खर्ब ३१ अर्ब ४४ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब १८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा कृषिजन्य क्षेत्रमा मात्र कुल सात अर्ब १६ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा ४४ करोड १० लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा फाइनान्स कम्पनीहरुले १ खर्ब २८ अर्ब ६० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ६९ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा कृषिजन्य क्षेत्रमा मात्र कुल छ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको