Like us!
Follow us!
Connect us!
Watch us!

सूचना व्यवस्थापनमा नेप्सेको नयाँ निर्देशिका, समयमै जानकारी नदिए कारबाही हुने

अर्थ संसार

आइतबार, २२ भदौ २०८२, १५ : १७ मा प्रकाशित

सूचना व्यवस्थापनमा नेप्सेको नयाँ निर्देशिका, समयमै जानकारी नदिए कारबाही हुने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाहरू (कम्पनीहरू)लाई जानकारी प्रेषणमा कडाइ गरेको छ। अबदेखि धितोपत्रको मूल्य वा कारोबारमा प्रभाव पार्ने सूचना, निर्णय तथा जानकारी नेप्सेले तोकेको समयसीमाभित्र अनिवार्यरूपमा पठाउनु पर्नेछ।

नेप्सेले आइतबार सार्वजनिक गरेको सूचनामा कम्पनीहरूले हरेक त्रैमास सकिएको ३० दिनभित्र महत्त्वपूर्ण वित्तीय सूचकहरू -जस्तै प्रतिसेयर आम्दानी,मूल्य-आय अनुपात,प्रतिशेयर खुद सम्पत्ति मूल्य,कुल सम्पत्ति मूल्य, तरलता अनुपात लगायत विवरण समेटिएको त्रैमासिक प्रतिवेदन अनिवार्यरूपमा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, बुक क्लोज (धितोपत्र दाखिला खारेज बन्द) सम्बन्धी सूचना कम्पनीहरूले बुक क्लोज हुने मितिभन्दा कम्तीमा सात दिनअघि नेप्सेलाई जानकारी गराउनुपर्नेछ। यदि कम्पनीले नगद लाभांश, बोनस शेयर, हकप्रद सेयर वा थप सेयर निष्कासन गर्ने निर्णय लिएको छ भने, सो निर्णय लिने सञ्चालक समितिको बैठकको मिति र समयसहित तुरुन्तै नेप्सेलाई जानकारी गराउनुपर्नेछ।

धितोपत्रको मूल्यमा असर पार्ने खालका सूचना, जानकारी वा निर्णय भएमा ती सोही दिन वा कारोबार सुरु हुनुअघि (१०:३० बजेभन्दा अगावै) नेप्सेलाई पठाउनुपर्नेछ। यस्तै, सूचीकृत धितोपत्रको बजार मूल्यमा प्रभाव पार्न सक्ने कुनै पनि घटना वा कारोबार भएमा सोबारे तुरुन्तै जानकारी दिनुपर्ने नेप्सेले जनाएको छ।

यी सबै जानकारी, निर्णय तथा सूचनाहरू नेप्सेले प्रदान गरेको 'नट्स लगइन' प्रणालीमार्फत पठाउनुपर्नेछ। निर्धारित समयसीमा उल्लंघन गर्ने कम्पनीहरूमाथि नेप्सेले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारबाही गरिने स्पष्ट पारेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको