जेन-जीआन्दोलनमा सरकारी दमनका कारण कम्तीमा २० युवाको ज्यान गएको घटनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केपी शर्मा ओली नेतृत्वको सरकारले अब वैधता गुमाएको दाबी गरेको छ।
सोमबार आकस्मिक रूपमा बसेको राप्रपाको केन्द्रीय पदाधिकारीहरूको बैठकले वर्तमान सरकार असफल भएको ठहर गर्दै तत्काल विघटनको माग गरेको हो। बैठक धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको थियो।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “यस दुःखद घटनापछि सरकारको उपादेयता समाप्त भइसकेको निष्कर्षमा पार्टी पुगेको छ। देशमा देखिएका समस्याको समाधान र नयाँ सहमति निर्माण गर्न सरकार तत्काल विघटन हुनुपर्ने हाम्रो आग्रह छ।”
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पनि आन्दोलनमा भएको जनहानिलाई सरकारको चरम असफलता ठहर गर्दै ओली सरकार अब रहन नसक्ने टिप्पणी गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस