राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरूको भोट समेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको दाबी गरेका छन्। रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले बालेन शाह र रास्वपाप्रति लक्षित गर्दै 'बालेन वा नयाँ शक्तिहरूले राजा ल्याउँछन्' भन्ने आशा र विश्वासका कारण जनताले उनीहरूलाई मत दिएको टिप्पणी गरे।
लिङदेनले समस्या नेतामा मात्र नभएर संविधान र संवैधानिक व्यवस्थामा पनि रहेको बताए ।
लिङदेनले भने ,‘राजा चाहिन्छ भन्नेहरुको भोट पनि तपाईंहरुलाई छ । राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हुँदाहुँदै बालेनले राजा ल्याउँछ भनेर तपाईंहरुलाई भोट दिएका छन् । तपाईँहरुकाे विशिष्ट जिम्मेवारी छ । जनताको यो विशिष्ट चाहनालाई सम्वोधन गर्नुपर्ने छ । यो संविधानमा सुधार नगरिकन देश अगाडि बढ्दैन । तपाईंहरुसित एैतिहासिक अवसर छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस