Like us!
Follow us!
Connect us!
Watch us!

फागुन २१ को निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गर्नुपर्छ - राजेन्द्र लिङ्देन

अर्थ संसार

बुधबार, १६ पुस २०८२, १६ : २९ मा प्रकाशित

फागुन २१ को निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गर्नुपर्छ - राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई आन्दोलनका रूपमा प्रयोग गर्नुपर्ने बताएका छन्। राप्रपा नेपालसँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। देश जबरजस्त निर्वाचनमा होमिन थालेको उनको आरोप छ । 

‘अहिले जबरजस्त मुलुक चुनावतर्फ होमिएको छ । यस्तो बेला हामी राप्रपाका नेता कार्यकर्ताको जिम्मेवारी छ, यो चुनावलाई हामीले आन्दोलनको रुपमा उपयोग गर्नुपर्नेछ, आन्दोलनको एउटा हिस्साको रुपमा हामीले प्रयोग गर्नुपर्ने छ,’ उनले भने ।

उनले फागुन २१ को चुनाव कुनै समाधान नभएको बताए ।

लिङ्देनले भने,‘मैले सबैसँग आग्रह गर्न चाहन्छु, हामीले यो सरकारलाई सबै राजनीतिक शक्तिहरूलाई निरन्तर रुपमा आग्रह गर्यौं, आगामी फागुन २१ गतेको चुनाव समस्याको समाधान होइन । अस्ति जुन विद्रोह भयो, त्यो विद्रोह मध्यावधि चुनाव वा ०८४ को चुनावलाई ०८२ मा गर्नका लागि भएको होइन। हामीले लामो समयदेखि उठाइरहेका विभिन्न विषयलाई सम्बोधन नगरी देशलाई स्थायी शान्ति दिन सकिँदैन । राजा, राजनीतिक दल, अहिलेको नवयुवा पुस्ता सबैको सर्वपक्षीय सम्मेलनबाट, सर्वपक्षीय सहमति निर्माण गरेर, देशलाई निकास दिएर मात्रै चुनाव गर्नुपर्छ भनेर हामीले भन्दै आयौं ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको