राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि मुलुकलाई नयाँ राष्ट्रिय समझदारीका साथ अघि बढाउनुपर्ने बताएका छन्।
रुपन्देही–१का राप्रपा उम्मेदवार प्रज्वल बोहराको प्रचारप्रसारका लागि धकधईमा आइतबार आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले ८४ को निर्वाचन ८२ मा गरिए पनि त्यसले मात्र देशका समस्या समाधान नहुने बताए। उनले निर्वाचनपछि सबै पक्षलाई समेटेर नवीन समझदारीमार्फत देशलाई सही दिशामा अघि बढाउन आवश्यक रहेको धारणा राखे।
अध्यक्ष लिङ्देनले निर्वाचनअघि नै राजा, राजनीतिक दल र नवयुवा पुस्ताबीच नयाँ सहमति हुनुपर्नेमा राप्रपाले जोड दिएको भए पनि त्यसतर्फ कसैले ध्यान नदिएको गुनासो गरे। उनले राष्ट्रिय समझदारी स्थापना गर्न दबाब सिर्जना हुनेगरी मतदान गर्न मतदातालाई आग्रह गरे।
फागुन २१ सम्म उम्मेदवारहरू घरदैलोमा आउने भएकाले सोचविचार गरेर आफ्नो मत सदुपयोग गर्न उनले अनुरोध गरे। साथै, निर्वाचनपछि राप्रपाले बलियो शक्ति बनेर नवीनतम समझदारीको पहल गर्ने अवस्था सिर्जना गर्ने विश्वास व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस