Like us!
Follow us!
Connect us!
Watch us!

नेताहरूका निवास र संवेदनशील क्षेत्र नै सुरक्षाकर्मीको नियन्त्रणबाहिर

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १३ : ५८ मा प्रकाशित

नेताहरूका निवास र संवेदनशील क्षेत्र नै  सुरक्षाकर्मीको नियन्त्रणबाहिर

सरकारविरुद्धको आन्दोलन चर्किँदै गएपछी देशभरि आगजनी र तोडफोड व्यापक बनेको छ। संवेदनशील मानिएका क्षेत्रहरू र प्रमुख दलका नेताहरूका निवास तथा पार्टी कार्यालयहरूमा सुरक्षाकर्मीको नियन्त्रण कमजोर बन्दै गएको छ।

प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास र प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगो लगाएका छन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनी भएको छ भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको घरमा तोडफोड गरिएको छ। मन्त्री निवास भैंसेपाटीमा पनि आगजनी भएको छ।

त्यस्तै, परराष्ट्रमन्त्री आरजु राणा देउवाको धनगढीस्थित निवासमा तोडफोड र आगजनी भएको छ। सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको सुनाकोठीस्थित घर, ऊर्जामन्त्री दीपक खड्काको निवास, कांग्रेस महामन्त्री गगन थापाको घर र एमाले सचिव रघुवीर महासेठको निवासमा पनि आगजनी गरिएको छ। एमाले नेता सुरेन्द्र पाण्डेको निवासमा तोडफोड भएको छ।

सुरक्षास्थिति जटिल बन्दै गएपछि सुरक्षाकर्मीहरू नेताहरूलाई सुरक्षित स्थानतर्फ सार्न खटिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको