Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी पुस्तासँग २७ घण्टामै प्रधानमन्त्री ओलीले घुडा टेके, अब के हुन्छ ?

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १५ : १९ मा प्रकाशित

जेनजी पुस्तासँग २७ घण्टामै प्रधानमन्त्री ओलीले घुडा टेके, अब के हुन्छ ?

सोमबार देशमा भएको भ्रष्टाचार, बेतिथि भएको भन्दै जेनजी पुस्ताले आन्दोलनको आह्वान गरे । आन्दोलन माइतीघरदेखि बानेश्वरसम्म जाने कार्यक्रम रहेको थियो । सुरक्षा निकायले निकै कमजोर हाँकेको यो आन्दोलनले सरकारनै ढलेको छ । 

मंगलबार प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिए । उनले आन्दोलन सुरु भएको २७ घण्टामा नै यो सरकराले जेनजीसमक्ष घुडा टेकेको हो । जेनजी भनेको सन् १९९७ पछि जन्मेका युवाहरुको समूह हो । सोमबारको आन्दोलनमा प्रहरीले व्यापक दमन गर्दै १९ जनालाई गोली हानेर मारेको थियो । ठूलो संख्यामा मृत्यु र घाइते भएपछि आन्दोलनको राप बढ्दै गयो । जसले गर्दा अहिले अवस्थामा प्रहरीले सुरक्षा गर्न नसक्ने भन्दै हात खडा गरिसकेको छ । 

आन्दोलनको उत्कर्षमा पुगेको अवस्थामा अहिले प्रमुख दलका प्रमुख नेताहरु सेनाको सरणमा पुगेका छन् । अहिले शीर्ष नेताहरु भैरवनाथ रहेका छन् । जहाँ सेनाले उनीहरुलाई सुरक्षा दिइरहेको छ । प्रधानमन्त्री ओली पनि राजीनामासँगै  सरकारी निवास बालुवाटार छोडेर भैरवनाथ गण पुगेको स्रोतले जनाएको छ । 

युवा पुस्ताको आन्दोलनमा सरकारले दमन गर्दा यो आन्दोलन आम नेपालीको आन्दोलनमा परिणत भएको छ । जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले यो सरकार नै ढेलेको छ भने अबको अवस्था कसरी अघि बढ्छ भन्ने पनि चासोका साथ हेरिएको छ । किन भने नेपालको संविधान अनुसार अहिलेको सरकार गएर सबै भन्दा ठूलो दलको संसदीय दलतको नेता प्रधानमन्त्री हुने व्यवस्था छ । यो अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अंक गणित छ । 

तर, सडकमा रहेकाहरुले अहिलेका शीर्ष नेता कोहीलाई पनि प्रधानमन्त्री स्वीकार गर्ने अवस्था छैन । यसले गर्दा अब देश कसरी अघि बढ्छ भन्ने आम चासोका रुपमा हेरिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको