Like us!
Follow us!
Connect us!
Watch us!

खुकुलो बन्दै कर्फ्यु, सडकमा बढ्यो चहलपहल

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, ०९ : ०३ मा प्रकाशित

खुकुलो बन्दै कर्फ्यु, सडकमा बढ्यो चहलपहल

नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाएको छ । कर्फ्यु खुकुलो भएपछि हिजोको तुलनामा आज बिहान सडक तथा पसलहरुमा चहलपहल बढेको हो ।

नेपाली सेनाले जारी गरेको सूचना अनुसार आज भदौ २६ गते बिहान १० बजेसम्म कफ्र्यु खुला गरिएको छ । अहिले सवारी साधनहरु निर्वाध चलिरहेका छन् । किनमेल गर्ने र अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुको संख्या सडकमा बढेको छ । अहिले नेपाली सेना सडकमा खासै देखिएका छैनन् । हिजो सडकका चोक चोकमा हतियारधारी सेना तैनाथ थिए । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भने फेरि कफ्र्यु लगाइने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख छ । त्यसपछि दुई घण्टा पुनः कर्फ्यु खुला हुनेछ । आज बेलुकी ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म पुनः कर्फ्यु लागू हुने नेपाली सेनाले जनाएको छ ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले भदौ १९ गते गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएको भोलिपल्ट सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले देशभर कर्फ्यु जारी गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको