Like us!
Follow us!
Connect us!
Watch us!

दलाल र भ्रष्टहरू फेरि टाउको उठाउने अवस्थामा छन् : दुर्गा प्रसाई

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, १० : १४ मा प्रकाशित

दलाल र भ्रष्टहरू फेरि टाउको उठाउने अवस्थामा छन् : दुर्गा प्रसाई

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जनयुद्धको समयमा जस्तै अहिलेको जेन–जी आन्दोलनलाई दमन गर्ने राज्यको कदमले मुलुक फेरि दशकौँ पछाडि धकेलिने चेतावनी दिएका छन्।

उनका अनुसार जनयुद्धको नाममा १७,५०० भन्दा बढी नेपालीको ज्यान गएको, खरबौँको सम्पत्ति नष्ट भएको र हजारौँ घाइते तथा अपाङ्ग भएको इतिहास दोहोरिने संकेत देखिएको छ। हालको आन्दोलनमा पनि निर्दोष बालबालिकासहित सयौँ नागरिकले ज्यान गुमाएको, हजारौँ घाइते भएको र राज्य सम्पत्तिमा ठूलो क्षति पुगेको उनको दाबी छ।

प्रसाईंले आन्दोलनलाई केवल जेन–जी पुस्ताको नभई सम्पूर्ण नेपालीको साझा संघर्ष ठहर गर्दै, यसलाई सार्थक बनाउन गम्भीर र समयमै निर्णय लिनुपर्नेमा जोड दिएका छन्। उनले सेनाले नागरिकको जीवन र सम्पत्ति सुरक्षामा चनाखो भूमिका खेल्नुपर्ने र युवामाथि भइरहेको दमन, धडपकड तथा गिरफ्तारी तत्काल रोक्नुपर्ने चेतावनी पनि दिएका छन्।

उनले भने, “यदि सरकारले दमन रोक्दैन भने मुलुक फेरि भयावह गृहयुद्धतर्फ धकेलिने निश्चित छ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको