Like us!
Follow us!
Connect us!
Watch us!

‘संविधानको रक्षा गर’ भन्दै बानेश्वरमा नेविसंघको प्रदर्शन

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, १२ : ११ मा प्रकाशित

‘संविधानको रक्षा गर’ भन्दै बानेश्वरमा नेविसंघको प्रदर्शन

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बानेश्वरमा विरोध प्रदर्शन गरेको छ। उनीहरूले 'विदेशी हस्तक्षेप बन्द गर', 'संविधानको रक्षा गर', 'राष्ट्रपतिलाई सार्वजनिक गर', 'नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे' जस्ता प्लेकार्ड बोकेर विरोध जनाएका थिए।

यसअघि, जेनजीको दुईदिने आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा राजीनामा दिएका थिए। मंगलबार प्रदर्शनकारीहरूले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति निवासमा आगजनी गरेका थिए। साथै, सरकारी र विभिन्न राजनीतिक दलका नेताहरूका घरमा समेत आगजनी, तोडफोड र लुटपाटका घटना भएपछि नेपाली सेनाले यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको थियो।

स्थिति नियन्त्रणमा लिन नेपाली सेना मंगलबार राति १० बजेदेखि परिचालित गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको