नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ गते घटेको अकल्पनीय घटनाका लागि अब जनतासँग माफी माग्नुपर्ने आवश्यकता रहेको बताएका छन्। एक भिडियो सन्देशमार्फत बोल्दै उनले उक्त घटना कसैले नचाहेको भए पनि त्यो कांग्रेस सरकारमै रहेको बेला भएकाले पार्टीको अनुहारमा दाग लागेको स्पष्ट पारे। त्यसैले कांग्रेसले जनतासँग माफी माग्नैपर्ने बताए।
उनले भने, ‘तपाईँ र म सरकारमा थिएनौँ तर हाम्रो पार्टी सरकारमा थियो। हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ। भदौ २४ गते भएको क्षतिको कसैले आँकलन गर्न सक्दैनन्।’
उनले नियतपूर्वक पार्टीसहित सबै नेताहरूका घरमा आगजनी गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको स्पष्ट रूपमा बताए।
उनले भनेका छन्, ‘हाम्रा कार्यालय र सम्पदा कहाँ कति क्षति छ अहिले कसैले अनुमान गर्न सक्दैन, पार्टी सभापतिदेखि लिएर सयौँ साथीहरूमाथि भौतिक आक्रमण र हाम्रा साथीहरूका घर र सम्पत्ति छानेर आगजनी र तोडफोड भएको छ, स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्छ, सहज बनाउँदै लैजानुपर्छ। तर जहाँ नियतवश भएको छ, तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ।’
जेनजी आन्दोलनकारीले मागको सम्मान र सम्बोधन गरेर मात्रै देशअघि बढ्न सक्ने बताए। तत्काल नयाँ सरकार बनेपछि भदौ २३ र २४ भएका अमानवीय र क्रूर घटना प्रत्येकको छानबिन र दोषीलाई कारबाही हुनुपर्ने कांग्रेसको माग रहने बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस