Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा कार्यवाहक सभापति डीपी अर्याल : “रविलामिछानेको रिहाइ कानुनी प्रक्रिया अनुसार भएको हो”

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, २० : ३८ मा प्रकाशित

रास्वपा कार्यवाहक सभापति डीपी अर्याल : “रविलामिछानेको रिहाइ कानुनी प्रक्रिया अनुसार भएको हो”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेको कारागारबाट रिहाइबारे भइरहेको विभिन्न टिप्पणी र शंका–सन्देहलाई अस्विकार गर्दै सम्पूर्ण प्रक्रिया कानुनी ढंगले सम्पन्न भएको बताएका छन्।

अर्यालले शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका विचारमा आफू कारागार प्रशासनसँग भएको सम्पूर्ण पत्राचारको प्रत्यक्ष साक्षी रहेको उल्लेख गरेका छन्। “पत्र बुझ्ने म नै हुँ, सभापति ज्युलाई जानकारी थिएन। पत्र फेक भन्ने भ्रम छर्ने प्रयास भइरहेको छ, तर यो पूर्णतया गलत हो,” उनले स्पष्ट पारे।

उनका अनुसार पत्रको मिति सच्याइएको भए पनि हस्ताक्षर र छाप सही रहेको र यसमा पार्टी सभापति लामिछानेको कुनै संलग्नता नरहेको बताए। “कम्प्युटरमा अघिल्लो विवरण delete नगरेकाले व्यहोरा तलमाथि देखिएको हो। हतारमा केही त्रुटि हुन सक्छ, तर त्यो प्रक्रियागत मात्रै हो,” अर्यालले भने।

सभापति लामिछानेलाई १० मिनेट ढिलो कारागारबाट ननिकाले ठूलो दुर्घटना हुन सक्ने परिस्थिति थियो भन्ने कुरा कारागार प्रशासन स्वयंले स्वीकार गरेको दाबी गर्दै अर्यालले थपे, “दुनियाले देखिसकेको छ, उहाँ भाग्नुभएको होइन। सुरक्षासम्बन्धी सम्पूर्ण समन्वय मैले नै गरेको हुँ।”

कारागारमा भएको क्षतिको कारण सुरक्षा चुनौती अझै कायम रहेको जनाउँदै अर्यालले सभापति लामिछाने निरन्तर प्रशासनको सम्पर्कमा रहेको र कुनै बेला पनि फरार हुने अवस्थामा नरहेको स्पष्ट पारे।

“देश जटिल अवस्थामा छ, यसलाई सम्बोधन गर्नुको सट्टा पार्टी सभापतिको बदनामी गर्ने अभियान अनुचित छ,” अर्यालले भने।


अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको