Like us!
Follow us!
Connect us!
Watch us!

नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

अर्थ संसार

आइतबार, २९ भदौ २०८२, १२ : ०७ मा प्रकाशित

नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्। सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरी उनलाई पदभार हस्तान्तरण गरिएको हो। यस अवसरमा मुख्यसचिव एकनारायण अर्याल र सचिवहरूले उनलाई स्वागत गरे।

पदभार ग्रहण गर्नुअघि कार्कीले माल्यार्पण गरी शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।

सुशीला कार्कीले सिंहदरबारको गृह मन्त्रालयको नयाँ भवनबाट आफ्नो जिम्मेवारी सम्हालेकी छन्। जेनजी आन्दोलनको प्रभावमा उनले शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा नियुक्ति पाएकी हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको