Like us!
Follow us!
Connect us!
Watch us!

अवस्था सामान्य हुँदा पनि सेयर बजार खुल्न किन ढिलाइ ?

अर्थ संसार

सोमबार, ३० भदौ २०८२, ११ : ०९ मा प्रकाशित

अवस्था सामान्य हुँदा पनि सेयर बजार खुल्न किन ढिलाइ ?

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशको जनजीवन शनिबारदेखि नै सामान्य अवस्थामा फर्किएको छ। आइतबारदेखि सरकारी तथा निजी कार्यालयहरूले सेवा प्रवाह थालेका छन्। तर, अवस्था सामान्य हुँदै जाँदा पनि सेयर बजार भने अझै खुल्न सकेको छैन।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले भदौ २७ गते सूचना जारी गर्दै भदौ २९ देखि असोज २ गतेसम्म धितोपत्र दोस्रो बजार कारोबार बन्द रहने जानकारी दिएको थियो। तर, आन्दोलनको प्रभाव कम भइसकेको र अन्य सबै सेवा क्षेत्रहरू सञ्चालनमा आइसकेकाे  अवस्थामा पनि सेयर बजार भने खुल्न सकेकाे छैन । जस कारण लगानीकर्ताहरूले बजार कहिले खुल्ने भन्ने चासो व्यक्त गरिरहेका छन्। नेप्सेले असोज २ गतेसम्मका लागि बजार बन्द गर्ने निर्णय गरेको भएपनी अवस्था सामान्य  हुँदा बजार खुलाउने विषयमा कुनै निर्णय नभएको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले  बताएका छन् ।

उनका अनुसार,असोज २ गतेसम्म बन्द गर्ने भनिएको र,धितोपत्र बोर्ड वा सम्बन्धित निकायबाट निर्देशन आएमा बजार अगाडी नै  खुल्न सक्ने भएपनि बजार पुनः सञ्चालनको सम्बन्धमा कुनै निर्णय भएको छैन।

नेप्सेले भदौ २५ र २६ गते पनि कारोबार स्थगन गर्ने निर्णय गरेको थियो। त्यसको आधार सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) रहेको थियो। नेप्सेले हालको विषम परिस्थितिमा कारोबार सदस्य र लगानीकर्ताबाट आएका अनुरोधलाई आधार मानेर बजार बन्द गरिएको स्पष्ट पारेको थियो। त्यसपछि परिस्थिति अझै असामान्य देखिएपछि नेप्सेले फेरि भदौ २९ देखि असोज २ गतेसम्म बजार बन्द हुने सूचना जारी गरेको हो।

यता, धितोपत्र बोर्डले भने बजार बन्द गर्ने निर्णय लगानीकर्ता र बजारको हितका लागि गरिएको स्पष्ट पारेको छ। स्राेतका अनुसार लगानीकर्ताकाे माग अनुसार नै बजार बन्द गरिएकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको