बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ भाेलि बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार आईपीओ भाेलि बिहान बाँडफाँटको तयारी गरिएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । आईपीओमा २२ लाख ५३ हजार २५४ जनाले आवेदन दिएका थिए । जसमा १ लाख ७० हजार १५० जनाले मात्रै १०।१० कित्ता सेयर हात पार्नेछन् । २० लाख ८३ हजारको हात भने रित्तो हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस