Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा उच्च अंकले घट्यो नेप्से, ५ करोड माथिको कारोबार

अर्थ संसार

विहीबार, ०२ असोज २०८२, १० : ५८ मा प्रकाशित

प्रि ओपन सेसनमा उच्च अंकले घट्यो नेप्से, ५ करोड माथिको कारोबार

साताको सेयर कारोबार हुने अन्तिम दिन र जेनजी आन्दोलन पछिको पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमो नेप्से परिसूचक ३४.२७ अंकले घटेर २६३७.९७ विन्दुमा पुगेको हो । 

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ७.३० अंकले घटेर ४५४.९९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मात्रै बढेको छ । त्यस्तै दुई कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ । 

आजको प्रि ओपन सेसनमा १६८ कम्पनीका १ लाख ३० हजार ५८५ कित्ता सेयर ७५२ पटक खरिद बिक्री हुँदा ५ करोड २७ लाख ६ हजार ९९ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको