आज सेयर बजारमा दोस्रो पटक पनि नकारात्मक सर्किट लागेको छ । बजार खुलेको सुरुवाति २ मिनेटमा नै नकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि सेयर कारोबार बन्द भएको थियो । तर फेरि खुलेको बजारमा पनि नकारात्मक सर्किट लागेर ४० मिनेटका लागि कारोबार स्थगित भएको हो ।
नेप्से ५ प्रतिशत अर्थात् १३३.६१ अंकले घटेर २५३८.६३ बिन्दुमा झरेको छ । सेयरबजारमा एक घण्टाअघि ४ प्रतिशतले घट्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले घट्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले घटेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस