Like us!
Follow us!
Connect us!
Watch us!

कर्जा अलुसीमा देखिएन सुधार - बैंक,वित्तीय संस्थामा थुप्रियो ५० अर्ब बढीको गैरबैंकिङ सम्पत्ति

अर्थ संसार

शुक्रबार, ०३ असोज २०८२, १० : ३६ मा प्रकाशित

कर्जा अलुसीमा देखिएन सुधार - बैंक,वित्तीय संस्थामा थुप्रियो ५० अर्ब बढीको गैरबैंकिङ सम्पत्ति

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै बैंक तथा वित्तीय संस्थाहरूमा थप १ करोड २० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, साउन महिनामा यो गैरबैंकिङ सम्पत्ति वृद्धि भएको हो।

खराब कर्जा असुली प्रभावकारी नहुँदा बैंकहरूमा गैरबैंकिङ सम्पत्ति बढिरहेको छ। निजी क्षेत्रले कर्जाको माग नबढाउँदा र कर्जा विस्तारमा गति नआउँदा बैंकिङ क्षेत्र थप दबाबमा परेको छ। अर्कोतर्फ, निक्षेप बढ्दो क्रममा रहेकाले नेपाल राष्ट्र बैंकले प्रणालीबाट तरलता घटाउने कार्यलाई तीव्र बनाएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल गैरबैंकिङ सम्पत्ति ५० अर्ब ५६ करोड २० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा यो रकम ५० अर्ब ५५ करोड १० लाख रुपैयाँ थियो। गत वर्ष समग्र बैंक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा ४.६२ प्रतिशत थियो। वाणिज्य बैंकहरूको साउन महिनासम्मको एनपीएल ४.४४ प्रतिशत पुगेको छ। यस अवधिमा उनीहरूको गैरबैंकिङ सम्पत्ति ४२ अर्ब ८० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो असारमा ४२ अर्ब ७७ करोड ३० लाख रुपैयाँ थियो। विकास बैंकहरूको औसत एनपीएल ५.०३ प्रतिशत छ भने गैरबैंकिङ सम्पत्ति ४ अर्ब ६८ करोड ६० लाख रुपैयाँमा झरेको छ। अघिल्लो असारमा यो रकम ४ अर्ब ६८ करोड ७० लाख रुपैयाँ थियो।

फाइनान्स कम्पनीहरूको अवस्था भने अझै कमजोर देखिएको छ। उनीहरूको एनपीएल साउन महिनामा ११.०५ प्रतिशत पुगेको छ। गैरबैंकिङ सम्पत्ति अघिल्लो असारमा ३ अर्ब ९ करोड १० लाख रुपैयाँ रहेकामा साउनमा घटेर ३ अर्ब ७ करोड रुपैयाँमा झरेको छ। 

समग्रमा कर्जा असुलीमा सुधार नआएसम्म गैरबैंकिङ सम्पत्ति अझ बढ्ने संकेत देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको