Like us!
Follow us!
Connect us!
Watch us!

गैरबैंकिङ सम्पत्तिले थिचिँदै बैंक - २५% ले बढ्यो, कुनको कति ?

अर्थ संसार

आइतबार, १० फागुन २०८२, १६ : ०७ मा प्रकाशित

गैरबैंकिङ सम्पत्तिले थिचिँदै बैंक - २५% ले बढ्यो, कुनको कति ?

गैरबैंकिङ सम्पत्तिले थिचिँदै बैंक - २५%ले बढ्यो, कुनको कति ?

खराब कर्जा असुली सुस्त र नयाँ कर्जा प्रवाह कमजोर हुँदा वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को साउन–पुससम्म १९ बैंकमा कुल ४३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको ३४ अर्ब ८६ करोड ५६ लाख रुपैयाँभन्दा २४.९८% बढी हो। वाणिज्य बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकमा भने यस्तो सम्पत्ति छैन।

समीक्षा अवधिमा १५ बैंकको गैरबैंकिङ सम्पत्ति बढ्दा ४ बैंक (कुमारी, माछापुच्छ्रे, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंक) ले घटाएका छन्। सबैभन्दा बढी वृद्धि प्राइम र नेपाल एसबीआई बैंकमा देखिएको छ।

सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा (६ अर्ब १३ करोड रुपैयाँ, ४४.२२% वृद्धि) छ। त्यसपछि ग्लोबल आइएमई (५ अर्ब ९९ करोड) र प्राइम कमर्सियल बैंक (४ अर्ब ४१ करोड) रहेका छन्। सबैभन्दा कम नेपाल बैंकमा (२६ करोड ४२ लाख रुपैयाँ, २९.४५% वृद्धि) छ।

कुन बैंकमा कति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको