Like us!
Follow us!
Connect us!
Watch us!

गैर-बैंकिङ सम्पत्तिको समस्या थप चुलिदो - एक वर्षमा १२ अर्बले बढ्यो, कुन क्षेत्रको अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, १६ पुस २०८२, १२ : ४२ मा प्रकाशित

गैर-बैंकिङ सम्पत्तिको समस्या थप चुलिदो -  एक वर्षमा १२ अर्बले बढ्यो, कुन क्षेत्रको अवस्था कस्तो ?

बैंक तथा वित्तीय संस्थाले समयमै कर्जा उठाउन नसक्दा पछिल्लो समय गैरबैंकिङ सम्पत्तिको आकार उल्लेख्य रुपमा फैलिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति ५१ अर्ब ७ करोड ६० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यो रकम ३८ अर्ब २६ करोड १० लाख रुपैयाँमा सीमित थियो। यस आधारमा एक वर्षको अवधिमा मात्रै गैरबैंकिङ सम्पत्ति करिब १२ अर्ब ८१ करोड ५० लाख रुपैयाँले वृद्धि भएको देखिन्छ। यसै अवधिमा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा (एनपीएल) पनि बढ्दो क्रममा छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म औसत निष्क्रिय कर्जा ५.२६ प्रतिशत पुगेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा यो ४.४२ प्रतिशत थियो। छ।

 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्तिको हिस्सा ठूलो

गैरबैंकिङ सम्पत्तिको भार सबैभन्दा बढी वाणिज्य बैंकहरुमा देखिएको छ। कात्तिक मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा ५.०३ प्रतिशत रहँदा गैरबैंकिङ सम्पत्ति ४३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा ४.५३ प्रतिशत र गैरबैंकिङ सम्पत्ति ३२ अर्ब ३३ करोड ७० लाख रुपैयाँ मात्र थियो। यसरी एक वर्षमै वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति १० अर्ब ८५ करोड रुपैयाँभन्दा बढीले बढेको छ।

विकास बैंक र फाइनान्स कम्पनीमा पनि अवस्था गम्भीर

विकास बैंकहरुमा पनि गैरबैंकिङ सम्पत्तिको आकार बढ्दो देखिन्छ। कात्तिक मसान्तसम्म सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुको औसत निष्क्रिय कर्जा ६.०३ प्रतिशत पुग्दा गैरबैंकिङ सम्पत्ति ४ अर्ब ८४ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विकास बैंकहरुको निष्क्रिय कर्जा ४.३७ प्रतिशत र गैरबैंकिङ सम्पत्ति ३ अर्ब ६६ करोड ३० लाख रुपैयाँ थियो। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुको निष्क्रिय कर्जा १२.५२ प्रतिशत पुगेको छ। सो अवधिमा उनीहरुको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ४ करोड ३० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुको निष्क्रिय कर्जा १०.८४ प्रतिशत र गैरबैंकिङ सम्पत्ति २ अर्ब २६ करोड १० लाख रुपैयाँ रहेको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको