Like us!
Follow us!
Connect us!
Watch us!

गत साता ६ प्रतिशतले घटेको सेयर बजार यो साता कस्तो रहला ?

अर्थ संसार

आइतबार, ०५ असोज २०८२, ०६ : ४७ मा प्रकाशित

गत साता ६ प्रतिशतले घटेको सेयर बजार यो साता कस्तो रहला ?

जेनजी आन्दोलनका कारणले बन्द भएर गत साता एक दिन मात्रै कारोबार भएको बजारमा उच्च गिरावट देखिएको थियो । गत साताको बिहीबार असोज २ गते सेयर बजार ६ प्रतिशतले घटेर एक घण्टामा नै कारोबार बन्द भएको थियो । 

जेनजी आन्दोलनका कारणले बजारमा गिरावट आएको लगानीकर्ताहरुको भनाइ छ । केही लगानीकर्ताले अझै केही दिन बजारमा गिरावट आउने बताइरहेका छन् भने केहीले आज (आइबार) देखि बजार फर्किने विश्वास लिएका छन् । गत साता सेयर बजार परिसूचक १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा पुगेको थियो । 

यो साताको कारोबार हुने पहिलो दिन आज पनि बजारमा अघिल्लो कारोबार जस्तै नकारात्मक सर्किट लागेको अवस्थामा १५०.७१ अंकले घटेर बजार बन्द हुन सक्छ । यो भनेको बजार २३६१ विन्दुमा झर्ने हो । बजारका लागि अहिले आन्दोलनको मनोविज्ञान बाहेक सबै सूचकहरु सकारात्मक नै रहेको लगानीकर्ताहरुको भनाइ छ । बजार घटबढ समान्य भए पनि अहिले जेनजीको आन्दोलने पुगेको क्षतिका कारणले लगानीकर्ताहरु निरुत्साहित बनिरहेका छन् । 

नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौतियार अहिले कही दिन बजार घट्ने भएकाले यो किन्ने समय भएको बताउँछन् । संकट पछि नेपालको पुँजी बजार वृद्धि भएको इतिहास रहेकोले अहिले केही दिन घटेपनि बजार विस्तारै बढ्ने उनको भनाइ छ  सेयर बजारका अर्का लगानीकर्ता सुवास भट्टराइले बिहीबार बजार घटे पनि आइतबार (आज) देखि बजार फर्किने विश्वास व्यक्त गरे । राजनीतिक परिवर्तनको मनोविज्ञानका कारणले जेनजी आन्दोलन पछिको पहिलो दिन बजार घटेपनि आइतबार देखि बजार बढ्ने उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको