ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन सुनिश्चित गर्न कुनै प्रकारको सम्झौता हुन नसक्ने बताएका छन् ।
आइतबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वसंगको छलफलका क्रममा मन्त्री घिसिङले मुलुकमा परिवर्तनका लागि ठूलो आन्दोलन भएकाले अव सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताएका हुन्।
उनले देशमा देखिएको निराशालाई निर्मूल पार्न सवै लाग्नुपर्ने उल्लेख गरे। सवै मन्त्रालय र सचिवहरुलाई कुनै पनि कुरामा तलमाथि नगर्न र सरकारको निर्देशन पूर्ण रुपमा कार्यान्वयन गर्न भनिएको उनले बताए । मन्त्री घिसिङले जिम्मा लिएर समयमा आयोजना पुरा नगर्नेसंग सम्झौता तोड्ने स्पष्ट पारे । छलफलपछि महासंघका अध्यक्ष रवि सिंहले जेनजी पुस्ताको आन्दोलनपछिको निर्माण क्षेत्रको परिस्थीतिका बारेमा कुराकानी भएको बताए । उनले रुग्न योजना खारेज गर्दा त्यसबाट पर्ने असर पहिचान गर्न सुझाव दिइएको जानकारी दिए ।
उनका अनुसार, भ्रष्टाचार फैलिने प्रमुख क्षेत्र उपभोक्ता समिति भएकाले उक्त प्रणालीलाई खारेज गर्न सुझाव दिइएको छ। साथै, निर्माण उद्योग लगायत मुलुकको समग्र अर्थतन्त्रलाई सबल बनाउन वर्तमान सरकारले देखिएका सबै अवरोधहरू अन्त्य गर्ने विश्वाससमेत उनले व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस